add

होण्डाले ल्यायो दशैं–तिहारमा “होण्डाको साथ ७”






ActPro Nepal

|

३१ भदौ, २०७८

|
531

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई एक लाख प्रदान गरिनेछ ।   

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी एक लाखसम्म नगद उपहार प्राप्त गर्न सकिेन छ । यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् । 

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ । यति मात्र नभई यस योजनामा तपाईंहरुले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् ।  

बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्न सक्नेछन् । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.