add

भदौ २० गतेदेखि ‘ड्राइभिङ लाइसेन्स’को लिखित र ट्रायल परीक्षा सञ्चालनमा हुने,यस्ता छन् मापदण्ड






ActPro Nepal

|

१३ भदौ, २०७८

|
1033

काठमाडौँ । कोरोना महामारीका कारण लामो समयदेखि स्थगित भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल परीक्षा सञ्चालन हुने भएको छ ।

बागमति प्रदेश अन्तर्गतको यातायात कार्यालय चाबहिलले आइतबार एक सूचना जारी गर्दै भदौ २० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षाहरु (रिट्रायल समेत)  सञ्चालन हुने जानकारी दिएको हो ।

गत बैशाख १५ गतेदेखि स्थगित भएका परीक्षा यातायात व्यवस्था विभागले स्वीकृत गरेको स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डको पालना गरी लिखित तथा प्रयोगात्मक परीक्षा हुने जनाइएको छ । 

परीक्षा सञ्चालनको मापदण्डमा के छ ?

विभागले सार्वजनिक गरेको मापदण्डमा विभिन्न सर्तहरू पालना गर्नुपर्ने छ। त्यसमा परीक्षार्थीहरूले पालना गर्नुपर्ने व्यवस्थाहरू समेत उल्लेख छ।

कार्यकालको जनशक्ति र परीक्षा सञ्चालनका लागि आवश्यक भवन र परीक्षा हलको उपलब्धताका आधारमा एक शिफ्टमा बढीमा १०० जना परीक्षार्थीको परीक्षा गराउने सकिने व्यवस्था गरिएको छ।

एउटा कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी परीक्षा व्यवस्थापन गर्नुपर्नेछ । तर परीक्षा हल ठुलो भएमा स्वास्थ्य मापदण्ड पुरा गरेर २५ जना भन्दा बढी परीक्षार्थी समावेश गराउन सकिने मापदण्डमा उल्लेख छ ।

परीक्षा सञ्चालन गर्दा भीडभाड नहुने गरी खुला ठाँउ भएको विद्यालय वा खन्य भवनलाई लिखित परिक्षाको लागि प्रयोग गर्न सकिने व्यवस्था छ ।

यस्तै ट्रायल परीक्षाको लागि भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी कार्यालयको जनशक्ति र ट्रायल परीक्षाको लागि आवश्यक स्थानको आधारमा परीक्षा सञ्चालन गर्न सकिनेछ ।

ट्रायल परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० जना परिक्षार्थीलाई सहभागि गराउन सकिने व्यवस्था छ ।

यस्तो छ सूचना 




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.