add

अशोक लेलैण्डद्वारा एम्बुलेन्स हस्तान्तरण






ActPro Nepal

|

२६ साउन, २०७८

|
563

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्सद्वारा प्रवद्धित अशोक लेलैण्डले एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

तनहुँ डुम्रे  सिजन युवा क्लब साथै शान्तीआमा समुहलाई दोस्त मोडलमा निर्मित सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कार्यक्रममा आइएमई मोटर्सको तर्फ बाट कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले एम्बुलेन्सको साँचो तनहुँ जिल्ला उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठ साथै क्लबका अन्य सदस्यहरुलाई सो एम्बुलेन्स दिएइको बताएको छ ।

कार्यक्रममा बोल्दै श्रेष्ठले भने डुम्र्रेमा यस प्रकारको सुविधा युक्त एम्बुलेन्स गैर–नाफा मुलक संस्थाद्धारा खरिद गर्न पाउँदा अत्यन्त खुसी लागेको बताए । अरु एम्बुलेन्सभन्दा दोस्त एम्बुलेन्स धेरै ठुलो र फराकिलो रहेको हुदा बिरामी साथै बिरामीका सदस्य र डाक्टर बस्न मिल्ने ब्यवस्थागरिएको हुदा टाढा अस्पताल पुग्नुपर्दा सजिलै लिएर जान सकिने बताए ।

स्वास्थ्य सेवा, विशेष गरी आपतकालीन स्वाथ्य सेवाको पहुचलाई सहज बनाउन संस्थाद्धारा खरिद गरेको उनले बताए । आइएमई मोटर्सले दोस्त एम्बुलेन्स साथै एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु कर्पाेरेट सेल्सको माध्यमबाट विक्रीवितरण गर्दै आएको छ । 

गत वैशाख महिनामा आइएमई मोटर्सद्धारा पाँच ओटा एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु भारतीय राजदूतावासलाई पनि हस्तान्तरण गरिएको थियो । आइएमई मोटर्सले एम्बुलेन्स सहित विषेश सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित सानातथा ठूला कम्रसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउदै आएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.