add

खल्ती डिजिटल वालेटबाट टिभिएसको किस्ता तिर्न सकिने






ActPro Nepal

|

२६ साउन, २०७८

|
618

काठमाडौं । खल्ती डिजिटल वालेटले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभिएसको सबै सवारीसाधनहरुको किस्ता खल्तीबाटै तिर्न सकिने सुविधा ल्याएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको हो।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएसको मोटरसाइकल, स्कुटर, टेम्पोजस्ता सबै सवारीसाधनहरुको किस्ता खल्तीबाट सिधै तिर्नसक्ने भएका छन्।

खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेको छ। जसमार्फत ग्राहकहरुले युनियन पेसँग आवद्ध बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन्।

उक्त सेवा सम्बन्धमा मर्चांन्ट एक्युजिसनका वरिष्ठ अधिकारी सजनी महर्जनले भने, ‘खल्तीको स्तरिय सेवामार्फत ग्राहकहरुको जीवन पद्धतिलाई सरल बनाउन हामीले यो विकल्प बजारमा ल्याएका हौँ। सजिलै घरमै बसी टिभीएस सवारी साधनहरुको किस्ता तिर्न सकिने सुविधाको कारण यो सेवाप्रति धेरै ग्राहक महानुभावहरुको ध्यानाकर्षण भइरहेको हामीले पाएका छौँ।’

खल्ती बाट टिभिएस सवारीको किस्ता शुल्क भुक्तानी कसरी गर्ने ?

– खल्ती को होम स्क्रिन मा हरेको ‘ईएमआई’ “ईएमआई” आइकन मा ट्याप गर्ने

– ‘जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट’ लेखिएको ब्यानरमा क्लिक गर्ने

– अब सम्पूर्ण विवरण दाखिला गरि ‘प्रोसिड टु पे’ बटनमा क्लिक गर्ने

पाँच हजारभन्दा माथिको किस्ता तिर्नु परेमा प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्ने कम्पनीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.