add

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो, सबै खाले सार्वजनिक गाडी चल्न थाले






ActPro Nepal

|

२२ असार, २०७८

|
610

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि थप खुकुलो बनाइएको छ। 

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर-बिजोर प्रणाली हटाइएको छ।

गाडीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने नियम लगाइएको छ । यस्तै यात्रुले अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ । नलगाएमा गाडीभित्र प्रवेश रोक लगाउन भनिएको छ । चालक र सहचालकलाई अनिवार्यरुपमा भाइजर र पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

गाडीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नु पर्नेछ । गाडीलाई समेत नि-सङ्क्रमित गराउनु पर्नेछ। यस्तै सफा टेम्पु र तथा नीलो माइक्रोबसको पछाडिको तेर्सो सिटमा चाररचार जना र चालकको छेउमा एक गरी नौ जना मात्रै यात्रु राख्नु पर्नेछ ।

गाडीको बीचमा दुईतर्फ यात्रु छुट्याउने गरी प्लाष्टिकको छेकबार लगाउन भनिएको छ । यस्तै अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडी सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई प्रवेश गर्न पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.