add

कोभिडबाट मृत्यु भएका कर्मचारीको परिवारलाई मासिक तलब दिने टाटा स्टीलको निर्णय






ActPro Nepal

|

१२ जेठ, २०७८

|
981

काठमाडौ ।  बहुराष्ट्रिय कम्पनी टाटा स्टीलले कोरोनाभाइरसका कारण भारतमा ज्यान गुमाएका आफ्ना कर्मचारीहरुलाई उनीहरुको कार्यकालको तलब र सुविधा दिने भएको छ ।

कोभिड–१९ बाट ज्यान गुमाएका कर्मचारीलाई कम्पनीले उनीहरुको कार्यकाल (६० वर्ष उमेरसम्म)मा पाउने तलब, आवास तथा स्वास्थ्य सुविधालाई निरन्तरता दिने भएको हो ।

यसका साथै कम्पनीले उनीहरुका सन्तानको स्नातक तहसम्मको शिक्षा खर्च पनि ब्यहोर्ने जनाएको छ ।

ट्वीटरमा सार्वजनिक गरिएको एक विज्ञप्तिमा कम्पनीले आफ्ना कर्मचारीको स्वास्थ्य र सुरक्षाप्रति प्रतिवद्ध भएको पनि बताएको छ ।

यस अघि नै होटल व्यवस्थापन कपनी ओयो र शिशा उद्योग बोरोसिलले पनि आफ्ना कर्मचारीका लागि सुविधाको घोषणा गरेका थिए ।

ओयोले कोरोनाभाइरसबाट मृत्यु हुने कर्मचारीलाई आठ महिनाको तलबलगायत सुविधा उपलब्ध गराउने र पाँच वर्षसम्म उनीहरुका छोराछोरीको पढाइ खर्च ब्यहोर्ने बताएको थियो भने बोरोसिलले मृत्यु हुने कर्मचारीलाई आगामी दुई वर्षसम्म तलब सुविधालाई निरन्तरता दिने बताएको थियो ।

कोरोनाभाइरस महामारीका कारण भारतमा ३ लाख ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने २ करोड ६० लाख भन्दा बढी संक्रमित भइसकेका छन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.