add

जेठदेखि आफ्नै सवारी साधनले ट्रायल दिन पाइने, ६० अंक ल्याए पास हुने






ActPro Nepal

|

१८ चैत, २०७७

|
834

काठमाडौं । आफ्नै सवारीसाधन प्रयोग गरी दुईपाँग्रे सवारीको लाइसेन्सका लागि ट्रायल दिन पाइने व्यवस्था आगामी जेठ १ गतेदेखि लागु हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा कार्यविधि निर्देशिका २०७७ मा सहमति दिएसँगै आगामी जेठ १ गतेबाटै यो व्यवस्था लागु हुने भएको हो ।

नयाँ व्यवस्था अनुसार सरकारले मापदण्ड तोकेर आफ्नै सवारी साधनमा ट्रायल दिन पाउने व्यवस्था गर्न लागेको हो । त्यसको लागि ९५ सीसी क्षमताभन्दा माथिको मोटरसाइकल वा स्कुटर हुनु पर्ने छ ।

६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने

नयाँ निर्देशिका अनुसार परीक्षार्थीले ६० प्रतिशत अंक ल्याए लाइसेन्स पाउने व्यवस्था रहेको छ । नयाँ निर्देशिकाले मोटरसाइकल, स्कुटर, मोपेड जस्ता सवारी साधनको प्रयोगात्मक र लिखित परीक्षाको स्वरुप परिमार्जन गरेको हो ।

लिखित परीक्षामा पनि पहिले जस्तो धेरै प्रश्न आउने छैनन् । ५÷५ अंकको जम्मा २० वटा प्रश्न मात्रै सोधिने छ । विभागले ५०० वटा प्रश्न संकलन गर्ने र त्यही मध्येबाट २० वटा प्रश्न सोध्ने छ । लिखित परीक्षामा उत्तिर्ण हुन भने ८० अंक अनिर्वाय ल्याउनु पर्ने हुन्छ ।

नयाँ नियम अनुसार आठको अंकभार २० हुने छ । यदि आठमा एक पटक खुट्टा टेके १० अंक घट्ने छ । तर दुई पटक खुट्टा टेकेमा फेल हुने छ । साँघुरो फलेकको अंक १० हुने छ । यसमा कुनै गल्ति गरे फेल हुने छ ।

यूटर्नको अंकभार १० हुने छ । यसमा असफल भए १० अंक घट्ने छ । स्पीड ब्रेकरको १५ अंकभार हुने छ । यसमा एक पटक खुट्टा टेकेमा ५ अंक घट्ने छ भने स्टार्ट बन्द भए अर्को ५ अंक घट्ने छ । तर, दुई पटक खुट्टा टेकेमा फेल हुने छ ।

उकालोलाई २० अंकभार दिइने छ । यसमा कुनै गल्तिभए स्वतः फेल हुनेछ । सवारी साधन निरीक्षण नगरी चलाएमा ३ अंक, हेल्मेट नलगाए ४ अंक र अनियन्त्रीत तरिकाले चलाए ३ अंक घट्ने छ । यसरी समग्रमा प्रयोगात्मक परीक्षामा ६० अंक ल्याउने चालकले लाइसेन्स पाउने छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.