add

शनिबार हाउजेको बाइक र्‍याली हुने






ActPro Nepal

|

५ चैत, २०७७

|
984

काठमाडौं । चिनियाँ ब्रान्ड हाउजेका मोटरसाइकल बिक्री वितरण गरिरहेको कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले चैत ७ गते र्‍याली आयोजना गर्ने भएको छ ।

आफ्ना ग्राहकलाई लक्षित गरी दुई सयवटा मोटरसाइकल बेचेको उपलक्ष्यमा आउँदो शनिबार बिहान ९ बजे र्‍याली आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

हाउजे शोरुम कमलपोखरीबाट अफ रोड र्‍याली सुरु हुनेछ । ४० किमिको र्‍याली कमलपोखरी हाउजे शोरुमबाट सुरु भई देउराली टीका भैरव हुँदै पुनः जावलाखेल हाउजेको आधिकारिक सर्भिससेन्टर पुगेर अन्त्य हुनेछ ।

र्‍यालीमा सहभागी राइडरलाई खाजा, पेट्रोल, हाउजे ब्रान्ड प्रिन्ट गरेको ज्याकेट पनि दिइनेछ र निःशुल्क चेकअप साथै वासिंग पनि ग्राहकले निःशुल्क पाउनेछन् ।

कम्पनीका प्रतिनिधि पनि सहभागी हुने यस र्‍यालीमा अझै ग्राहकसँगको सम्बन्ध नजिक हुनुका साथै अफ रोड मोटरसाइकल चलाउँदाको अनुभव, आन्तारिक पर्यटनमा वृद्धि हुने हाउजे बाइकका बिजनेस म्यानेजर प्रमिला खत्रीले बताइन् ।

डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ ।

हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ ।

सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ ।

इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै लोकप्रिय छन् । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ । रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ ।

डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ । यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो यात्रा पनि गर्न सक्नेछन् ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.