add

हिरोको एक्सट्रिम १६० आर नेपाली बजारमा सार्वजनिक, के कस्ता छन् विशेषता ?






ActPro Nepal

|

३ चैत, २०७७

|
815

काठमाडोै । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता कम्पनी नेपाल जनरल मार्केटिङ प्रालिले हिरोको नयाँ बाइक एक्स्ट्रिम १६० आर नेपाली बजारमा सार्वजनिक गरेको छ । 

कम्पनीले हिरो एक्स्ट्रिम १६० आर बाइके यो सेगमेन्टकै सबैभन्दा तीव्र गतिमा चल्ने मोटरसाइकल भएको दावी गरिएको छ । सिंगल च्यानल एबीएसका साथ डबल डिस्क मोडलमा उपलब्ध यो बाइकले नेपाली बजारमा सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।

तीव्र गतिका वर्गमा ‘द्रूत लेन’मा समावेश हुँदै यसले ४।७ सेकेन्डमा ०–६० किमीरप्रतिघण्टाको गति प्रदान गर्छ । यो मोटरसाइकल यस वर्गकै ‘पावर–टु–वेट–रेसियो’मा उत्कृष्ट मध्येको एक बनेको छ । यसको कर्व वेट जम्मा १३८।५ किलोग्राम छ ।

नयाँ एक्स्ट्रिम १६० आरमा सडकका लागि इन्जिनियर्ड एर्गोनोमिक्सको साथ कमान्डिङ राइडिङको अनुभूति पाइन्छ । 

३७ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क्स र सात तहको समायोजनयोग्य रियर मोनो–सक सस्पेन्सन सेटअप सहरी चुस्तीरस्फूर्तिका लागि तयार गरिएको छ, जसले सटिक ह्यान्डलिङ र एक सुस्पष्ट सवारी प्रदान गर्दछ ।

२७६ एमएम फ्रन्ट पेटल डिस्क र २२० एमएम पछाडिको पेटल डिस्क ब्रेकले सवारी चालक सधैं पूर्ण नियन्त्रणमा हुने र रोक्न सकिने शक्तिप्रति विश्वस्त हुन्छन् भन्ने सुनिश्चित तुल्याउँछ । १६५ एमएम ग्राउन्ड क्लियरेन्सले सवारी बाधामुक्त भएको सुनिश्चित गर्दछ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.