काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँच वटा नयाँ गाडीहरु राजधानीमा भब्य कार्यक्रम गरी सार्वजनिक गरेको छ ।
यि गाडीहरु – टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ – बि एस सिक्स प्रविधिले सम्पन्न रहेको कम्पनीले जनाएको छ । यो संगै टाटा कंम्पनी उक्त ईन्जिन प्रविधि भएको पाँच मोडलहरु एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ । बदलिदो समयको माग अनुसार पुनः डिजाईन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ कार्य क्षमता, आरामदायी र सुरक्षाको दृष्टीकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको पनि कम्पनीले जनाएको छ ।
उक्त सार्वजनिक कार्यक्रममा बोल्दै टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड (प्यासेन्जर भेहिकल्स्) मायकं बाल्डी भने “टाटा मोटर्स्का विविध रेन्जका गाडीहरु नेपाली ग्राहकहरुले लामो समय देखि अत्यन्त रुचाईरहनु भएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेशनका प्यासेन्जर गाडीहरु सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ । डिजाईन, सुरक्षा र आराम टाटा गाडी निर्माणका मुख्य तिन आधारहरु हुन् । ”
यसैगरी सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने “ बि. एस. सिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडीहरु आफ्नो श्रेणिका अन्य गाडीहरु भन्दा संरचनागत र प्राविधिक दुबै दृष्टीकोणले अगाडी रहेका छन् । यिनीहरुले नेपाली उपभोक्ताहरुको बदलिंदो आवश्यकता र अपेक्षालाई पुरा गरी नेपाली बजारको ठुलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं । ”
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।