add

निशानको नयाँ एसयूभी गाडी ‘निशान म्यागनाइट’ नेपाली बजारमा, यस्ता छन् विशेषताहरु






ActPro Nepal

|

१३ फागुन, २०७७

|
593

काठमाडौं । पायोनियर मोटो कर्प प्रालिले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालका सबै डिलर मार्फत् बुकिङ खुला गरेको छ । 

 ग्राहकले वेबसाइटमा गएर उक्त गाडी बुकिङ गर्न सक्ने पायोनियर मोटो कर्प  कम्पनीले जनाएको छ ।

नेपाली बजारमा निशान म्याग्नाइटको मूल्य २९ लाख ४९ हजारदेखि ४२ लाख ७९ हजार रूपैयाँसम्म रहेको कम्पनीले उल्लेख गरेको छ । पायोनियर मोटो कर्प प्रालिका प्रबन्ध निर्देशक संदीपकुमार शारदाले निशान म्याग्नाइटले भने यो गाडीको पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको दाबी गरेका छन्।

‘मेक इन इण्डिया, मेक फर द वल्ड’को दर्शनमा निर्मित निशान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र वेस्ट इन सेग्मेन्टका सुविधा छन्‚ जसले उपभोक्तालाई नयाँ अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले बताएको छ ।

निशानको मान्यताअनुसार यो गाडीमा क्रुज कन्ट्रोल र ३६० भ्यूजस्ता प्रविधि पनि छन् । म्याग्नाइटका हरेक मोडल नेपाली प्रयोगकर्ताका आकाक्षा पुरा गर्ने ध्ययेका साथ डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक शारदाले अनुसार नयाँ निशान म्याग्नाइटको लन्च निशानको ग्राहक केन्द्रित यात्रामा कोशेढुङ्गा सावित हुने बताए ।

ग्राहकको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्ने कम्पनीको विश्वास रहेको उनले जानकारी दिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.