add

दुई सातापछि नेपाल आउँदै जावा पेरक , कस्तो छ विशेषता ?






ActPro Nepal

|

१२ माघ, २०७७

|
1348

काठमाडौं । नेपालका लागि जावा मोटरसाइकलको आधिकारीक विक्रेता अग्नी मोटो इन्कले जावा पेरक नेपाल ल्याउन लागेको छ  । 

लकडाउनपछि नेपाल आएको जावाले आफ्नो नयाँ मोटरसाइकल १५ दिनभित्र नेपाल भित्र्याउने नेपालको लागि जावाको आधिकारीक वितरक अग्नी मोटो इन्कले बताएको छ । 

जावाको जावा पेरक कम्पनीको उत्पादन लाइनअपमा नै सबैभन्दा महंगो मोटरसाइकल हो । 

कस्तो छ विशेषता ? 

कम्पनीका अनुसार पेरकमा ३३४ सीसीको सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । जसले ३० बीएच पावर र ३१ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स दिइएको पनि कम्पनीको दाबी छ । 

यसका अलवा सुरक्षाको लागि ड्यूल च्यानल एबीएस रहने पेरकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको बाइकमा इन्टिग्रेटेड टेल लाइट, टियरडप फ्युल ट्यांक र वाइड ह्यान्डलबार दिइएको छ । कम्पनीले यसमा सेमी डिजिटल कन्सोल दिएको छ । 

मूल्य कति ? 

जावा पेरक कम्पनीको उत्पादन लाइनअपकै सबैभन्दा महंगो मोटरसाइकल हो । 

नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजारदेखि ८ लाख रुपैयाँको बीचमा कायम हुने अनुमान गर्न सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.