add

नयाँ होन्डा सिटी नेपाली बजारमा,मूल्य कति ?






ActPro Nepal

|

७ माघ, २०७७

|
807

काठमाडौं । नेपालका लागि होन्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सिटीको ५ औं जेनरेसनलाई नेपाली बजारमा भित्र्याएको छ । 

होन्डा सिटी पहिलो पटक लन्च भएदेखि यसले सेडान कारको बजारमा पृथक पहिचान बनाएको कम्पनीले जनाएको छ ।

आकर्षक डिजाइन भएकोे होन्डा सिटीको यो जेनरेसनको लम्बाइ र चौडाइ अघिल्लोभन्दा बढी छ । होन्डा सोलिड विइङ फेस डिजाइनमा आधारित होन्डा सिटीमा वन टच इलेक्ट्रिक सनरुफ, सार्क फिन एन्टेना, फुल एलइडी हेडल्याम्पका साथै ९ एरे इनलाइन सेल इन्टिग्रेटेड एलईडी डीआरएल छ । यसमा एल आकारको एलइडी टर्न इन्डिकेटर, जेड आकारको थ्रीडी ¥याप अराउन्ड युनिफर्म एलईडी साइड मार्कलाइटलगायत विशेषता छन् ।

यसका साथै होन्डा सिटीले पहिलो पटक यो सेग्मेन्टमा एलेक्सा भ्वाइस सर्भिसमार्फत कार उपभोक्तालाई सामाजिक र डिजिटल संसारसँग जोड्नेछ । उत्कृष्ट माइलेज रहेको होन्डा सिटीको ७ स्पिड अटोम्याटिक ट्रान्समिसनले १८ दशमलव ४ किमि प्रतिलिटर र ६ स्पिड म्यानुअल ट्रान्समिसनले १७ दशमलव ८ किमि प्रतिलिटरको माइलेज दिन्छ । यसका साथै यस सेग्मेन्टमा लेन वाच क्यामेरा भएको होन्डा सिटी पहिलो सेडान हो ।

आई–एसआरएसयुक्त ६ एयर ब्याग रहेको यो कार आफ््नो सेग्मेन्टको सबैभन्दा सुरक्षित रहेको कम्पनीको दाबी छ । धोबीघाट सोरुमबाट होन्डा सिटीको दुई भेरियन्ट होन्डा भीएक्स सीभीटी र जेड्एक्स सीभीटी लन्च गरिएको हो । नेपाली बजारमा होन्डा सिटी भीएक्स सीभीटीको मूल्य  ६५ लाख ९० हजार र होन्डा सिटी जेड्एक्स सीभीटीको मूल्य ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.