add

फोर्ड इकोस्पोर्ट २०२१ संस्करण २०२० को मूल्यमा बुकिङ खुला, यस्ता छन् विशेषता






ActPro Nepal

|

२६ मंसिर, २०७७

|
1145

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीका लागि नेपालको आधिकारिक विक्रेताले नयाँफोर्ड इकोस्पोर्ट २०२१ संस्करण बुकिङ खुला गरेको छ । 

सन् २०१३ मा बिक्री सुरुवात भएको र सन् २०१७ मा प्रमुख अद्यावधिक (ड्रयागन सिरिज इन्जिनजडित) फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्ट/श्रेणीमा नै खेल परिवर्तकका रूपमा आएको थियो ।

यसको शक्तिशाली प्रदर्शन, बहुमुखी प्रतिभा, क्षमता, परिष्कृत स्टाइल र उच्चतम प्रविधिले नेपालीका मन जितेका छन् । यसले लगातार नयाँ सुविधा र प्रविधिको साथ आफ्नो श्रेणी/सेगमेन्ट नै पुन : परिभाषित गर्दै आएको छ । फोर्ड इकोस्पोर्टमा ग्राहकको विश्वासको कारण मोडल २०२० सम्पूर्ण रूपमा बिक्री भइसकेको छ तथा नयाँ मोडल २०२१ का लागि २०२० को मूल्यमा नै बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ । यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ ।

सन् २०२१ संस्करण इकोस्पोर्ट भारत स्टेज ६ मा आधारित पेट्रोल र डिजेल इन्जिनका साथ २०२० संस्करण मूल्यमा बुकिङ खुला गरिएको छ । यो गाडी ड्राइभिङका लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनका लागि विशिष्ट रोजाइ रहेको छ । लाइन–अपमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लि टीइआई भीसीटी पेट्रोल इन्जिन समावेश छ । जसले १२२ पीएस पावर र १४९ एनएम टर्क प्रदान गर्छ । पेट्रोल इन्जिन ५ स्पिड म्यानुअल ट्रान्समिसन र ६ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।

इकोस्पोर्ट डिजेलमा फोर्डको विश्वस्त र भरपर्दो बीएस ६६ मा आधारित १.५ लि टीडीसी आइडिजल इन्जिन रहेको छ जसले १०० पीएस पावर र २१५ एनएम टर्कके प्रदान गर्छ र यो म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । यस इकोस्पोर्टले आकर्षक बाहिरी बनावट, आरामदायी भित्री बनावट तथा स्टाइललाई कायम राखेको छ । साथै यो सनरुफ जडित भेरियन्टमा पनि उपलब्ध छ ।

यसमा चालक र यात्रीको सुरक्षाको लागि ६ वटासम्म एयरब्याग रहेको छ । यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ इन्चको टच स्क्रिनयुक्त सिंक ३ सिस्टम, एप्पल कार प्ले तथा एन्ड्रोइड अटो अनुकूलतामा टप–इनलाइन इकोस्पोर्ट भेरियन्ट उपलब्ध छ ।

९ इन्च टच स्क्रिन–आधारित इन्फोटेनमेन्ट प्रणाली र सबैजसो भेरियन्टमा एम्बेडेड नेभिगेसन रहेको छ । सवारी आरामदायी तथा सुविधाजनक बनाउन अरू धेरै उच्चतम प्रविधिजस्तै स्वचालित हेडल्याम्प, पुस बटन, स्टार्ट/स्टप, डीआरएल रेन सेन्सिङ वाइपर आदि पाउन सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.