add

सुन र चाँदीको भाउमा कस्तो उतारचढाव,प्रतितोला कतिमा कारोबार हुँदै छ ?






ActPro Nepal

|

२२ फागुन, २०७६

|
1273

काठमाडौँ । बिगत केहि समय देखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य बढ्ने क्रम बिहीबार पनि जारी नै रह्यो ।  

बुधबार छापावाला सुन प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज बिहिबार २ सयले बढेर प्रतितोला  ८० हजार ७ सय रुपैँयामा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै,तेजाबी सुनपनि बढेर तोलाको ८० हजार ४ सय पुगेको छ ।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.