add

समानुपातिक ‘अपडेट’ : ‘घण्टी’ले कटायो ११ लाख मत, समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत






ActPro Nepal

|

१४ मंसिर, २०७९

|
720

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको यही मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड १ लाख ७१ हजार ३६३ मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ।

समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

बुधवार बेलुका  ७ : ४८ बजेसम्मको गणना अनुसार एमाले २७ लाख २० हजार ६३९ मतसहित शीर्ष स्थानमा रहेको छ।

नेपाली कांग्रेसले २५ लाख ८५ हजार १११ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ५३ हजार ४४३ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार २४५ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार २७५ मत पाएको छ । यस्तै जसपाले ४ लाख ८ हजार ९६४ मत पाएको छ।

जनमत पार्टीले ३ लाख ७६ हजार १९९ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले २ लाख ९० हजार १९६ मत ल्याएको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ६८ हजार ४३७, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ८३२, नेपाल मजदूर किसान पार्टीले ७३ हजार ८३३ मत प्राप्त गरेका छन्।

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.