add

प्रहरीद्वारा निर्घात कुटपिट भिडिओ भाइरल: छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया सुरु






ActPro Nepal

|

७ माघ, २०८१

|
120

काठमाडौँ । चितवनमा प्रहरीले एक युवकमाथि निर्घात कुटपिट गरिरहेको भिडिओ भाइरल भएपछि प्रहरीले घटनाको कारबाही प्रक्रिया थालेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त घटनाका कार्यालयको ध्यानाकर्षण भएको भन्दै छानबिन सहित कारबाही प्रक्रिया थालेको हो । 

‘चितवन जिल्ला भरतपुर महानगरपालिका–११ बसेनी चोकमा गस्ती गर्ने क्रममा एक युवकलाई प्रहरीले कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यस्तै विज्ञप्तिमा पदीय मर्यादा र आचरण विपरीतका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन जाँचबुझ गर्नका लागि सोमबार नै जिल्ला प्रहरी कार्यालय, चितवनले छानबिन समिति गठन गरेको पनि उल्लेख छ । 

‘घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइसकेको ब्यहोरा जानकारी गराउँदछौँ,’ विज्ञप्तिमा भनिएको छ । 

चितवन प्रहरीका अनुसार यो घटना पुस १५ रातिको हो । राति १० बजेतिर त्यहाँ प्रहरी ‘मापसे’ चेकिङमा थियो। कुटपिटमा परेका युवा बसपार्कबाट आँपटारीतर्फ गइरहेका बेला प्रहरीले रोकेर चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।  

यस्तो छ घटना

‘गणेशस्थानमा रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले राति सवारी साधन चेकजाँच गरिरहेको थियो । त्यही बेला ६ वटा मोटरसाइकल र स्कुटरमा एक टोली आउँदै रहेछन्,’ डिएसपी महतोले भने, ‘अरू भागेछन् । कुटिएका युवाहरूलाई रोक्न सकिए छ। नियन्त्रण लिने क्रममा ड्युटी र ती युवाहरूबिच भनाभन हुँदा त्यो घटना भएको देखिन्छ।’ 

कुटिएका व्यक्तिले मापसे सेवन गरेर मोटरसाइकल चलाएको डिएसपी महतोले बताए । उनी को थिए ? भनेर परिचय खुलाउन भने महतोले मानेनन् । तर पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइ सजाय भुक्तान गराएर पठाएको बताउँछन् । 

‘स्वास्थ्य परीक्षण गर्दा मापसे सेवन गरेको भेटिएको थियो । अरू कुनै चोटपटक देखिएको थिएन,’ उनले भने । यता उनीमाथि कुटपिट भएको विषय जिल्ला प्रहरी कार्यालयले आइतबार साँझ मात्र थाहा पाएको उनले बताए । 

भाइरल भिडिओमा आक्रमणमा उत्रिएका प्रहरी ती युवकमाथि ‘माथिको पावर देखाएको’ भन्दै आक्रोशित सुनिन्छन् । प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् । 

यो पनि:प्रहरीद्वारा निर्घात कुटपिट भिडिओ प्रकरण : कुटपिट गर्ने असई निलम्बनमा


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.