add

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ






ActPro Nepal

|

२८ जेठ, २०८१

|
155

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले साविकको सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् ।

सीआइबीले बैंकिङ कसुरको मुद्दा अनुसन्धानका उनीहरूलाई पक्राउ गरेकाे हो । पक्राउ पर्नेमा श्रेष्ठसहित रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल रहेका छन् ।

सीआइबीले यसअघि धितोभन्दा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरीका बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने र तुलसी गौतमसहितका १० कर्मचारी पक्राउ गरेको थियो । उनीहरू चैत १ गते हाजिरी जमानीमा छुटेका थिए ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुउद्देदेश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंको बयानका आधारमा उनीहरूलाई पक्राउ परेका थिए ।

सेञ्चुरीले देउराली सहकारीमा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । उक्त ऋण लगानी गर्दा१ अर्ब १४ करोड २३ लाख हजार रुपैयाँ बराबरको मात्र धितो राखिएको थियो । धितो मूल्यांकभन्दा ९७ करोड रुपैयाँ धेरै ऋण लगानी भएको अनुसन्धानबाट देखिएको छ ।

सेञ्चुरी बैंक गत वर्ष हालको प्रभु बैंकसँग गाभिएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.