add

डीआईजी उमेशराज जोशी र भिमप्रसाद ढकाल एआईजीमा बढुवा सिफारिस






ActPro Nepal

|

४ वैशाख, २०८१

|
622

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश राज जोशी र भिमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिसमा भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले एआईजी पदमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत जोशी र प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ढकाललाई बढुवा गर्न सिफारिस गरिएको प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार नेपाल प्रहरीमा उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने दुई पदमा उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो। 

बढुवा समिति सदस्य-सचिव कुँवरले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद - ११ नियम १२७ (१) को देहाय (क) (२) बमोजिम नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या २ (दुई) मा बढुवा गर्न मिति २०८१।०१।०३ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।’



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.