add

सेवाको गुणस्तर अभिवृद्धि गर्न प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन






ActPro Nepal

|

१७ जेठ, २०८०

|
294

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्ध हुन प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई आज नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा सम्बोधन गर्दै सङ्गठनको आन्तरिक सुदृढीकरणमा पनि ध्यान दिन निर्देशन दिए ।

महानिरीक्षक कुँवरले भने, “त्यसका लागि विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, सङ्गठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थभन्दा सङ्गठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारबाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरी त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।”

प्रहरी महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजस्व सङ्कलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कार्यालय प्रमुखले आआफ्नो मातहत कार्यालयको सुपरीवेक्षण तथा अनुगमन गर्न आग्रह गरेका छन् ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.