add

बढ्यो अनलाईन ठगी, कसरी जोगिने ? यस्ता छन् प्रहरीका ८ टिप्स






ActPro Nepal

|

१३ मंसिर, २०७९

|
705

काठमाडौं ।  प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन माध्यमबाट हुने ठगीका घटना बढ्न थालेको छ । नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको छ ।

विगत केही समयदेखि ब्यक्ति / आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत उल्लेखित प्रवृत्ति अपनाउदै अनलाइनबाट ठगी गर्ने कार्य बढ्दै गइरहेकाले सचेत रहन नागरिकहरूलाई प्रहरीले आग्रह गरेको छ। 

पछिल्ला घटना तथा प्रवृत्तिबाट समान चरित्रका गतिविधि भेटिएको र त्यस्ता गतिविधिबाट सचेत रहन प्रहरीले सचेत गराएको छ। 

अनलाइन ठगीबाट कसरी बच्ने? यस्ता छन् प्रहरीका टिप्स

१ इन्टरनेटमा मात्रै चिनजान भएको साथीले उपहार पठाइदिने भनि प्रलोभनमा पार्ने र उक्त उपहार प्राप्त गर्न कर चुक्ता गर्नुपर्ने बाहाना बनाई रकम माग गर्ने ।

२ तपाईको नाममा अनलाईन चिठ्ठा पर्यो, उक्त चिठ्ठा प्राप्त गर्नको लागि कर चुक्ताको विभिन्न बाहाना बनाई रकम माग गर्ने ।

३ सामाजिक सञ्जाल ह्याक गरी उक्त सामाजिक सञ्जाल प्रयोग कर्ताका निकटतम साथी पहिचान गरी विभिन्न बर- बाहानामा रकम माग गर्ने ।

४ साथीभाइको सामाजिक सञ्जालबाट जरुरी कोड नम्बर पठाएको छु भनि ओटीपी माग गरी सम्बन्धीत खातावालाको खाताबाट रकम निकाल्ने ।

५  अनलाईनमा सस्तोमा सामान बिक्रीमा राख्ने र समान पठाउनु पहिलेनै रकम असुल गरी सामान आपुर्ति  नगर्ने ।

६ सामाजिक सञ्जाल मार्फत प्रेमजालमा पारी अनेकन बाहाना बनाई बैङ्कको खाता खोल्न लगाई एटीएम कार्ड, ओटीपी लगायतको विवरण लिने ।

७ भिडियो भाइरल गरीदिन्छु भनि रकम माग गर्ने ।

८ क्रिप्टोकरेन्सी / बिटक्वाइनमा लगानी गरे आर्थिक लाभ/फाईदा तुरुन्त डबल हुन्छ भनि रकम माग गर्ने



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.