add

घूसकाण्डमा मुछिएका न्यायाधीश कोइराला न्यायाधीश कोइराला






ActPro Nepal

|

१३ असार, २०७९

|
784

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा परेका हुन् ।

सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङको मुद्धाको विषयमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

उक्त प्रवकरणमा न्यायाधीश र अधिवक्ताको अडिवो सार्वजनिक भएपछि छानबिन समिति गठन गरिएको थियो । परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित जाँचबुझ समितिलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरण बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.