add

पुनर्बहाली भएको एक सातामै डिआइजी प्रवीण श्रेष्ठ फेरि पदमुक्त






ActPro Nepal

|

१३ साउन, २०७८

|
1144

काठमाडौं । सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठ सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका छन् । सर्वोच्च अदालतको अन्तरकालीन आदेशबाट उनी पदमुक्त भएका हुन् । 

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले बुधबार सो श्रेष्ठको मुद्दामाथि थप सुनुवाई गर्दै यसअघि पुनर्बहालीका लागि दिइएको अन्तरिम आदेश खारेज गरेको हो ।

डीआइजीमा एक वर्ष म्याद थप नभएको एक महिनापछि श्रेष्ठ अदालत गएका थिए । उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्बहाली गरेको थियो ।

पुनर्बहाली भएको एक साता नपुग्दै उनी पदमुक्त भएका छन् । सो मुद्दालाई अग्राधिकार दिन समेत आदेश जारी भएको छ ।




एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.