add

बेष्ट एजुकेसन अवार्डमा काठमाडौं महागनरले पायो ‘सर्वोत्कृष्ट पालिका अवार्ड’






ActPro Nepal

|

२७ जेठ, २०८१

|
244

काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘वेष्ट एजुकेसन अवार्ड’ मा ‘सर्वोत्कृष्ट पालिका अवार्ड’ प्राप्त गरेको छ ।

सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल एशोसिएसन अफ नेपाल-पान’ ले राष्ट्रिय सम्मेलनको अवसरमा आज वागमती प्रदेशको उत्कृष्ट पालिका अवार्ड प्रदान गरेको हो ।

मूल्याङ्कनका लागि राखिएका, शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम/सूचना तथा प्रविधि र सुशासन जस्ता सूचकमा गरिएको मूल्याङ्कमा वागमती प्रदेशबाट महानगरपालिकाले अवार्ड प्राप्त गरेको हो ।

यससँगै यस प्रदेशबाट चितवनको नारायणी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय र काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप पराजुलीले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरे । पानले हरेक प्रदेशबाट १/१ जना प्रधानाध्यापक, १/१ वटा विद्यालय र १/१ वटा पालिकालाई अवार्ड प्रदान गरेको हो ।

राजधानीमा आयोजना गरिएको कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर र पानका अध्यक्ष सुदामप्रसाद गौत्तमले अवार्ड प्रदान गरेका थिए । उक्त अवार्ड सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले अवार्ड ग्रहण गरेका थिए ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.