add

लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट १ सय ५० जना विद्यार्थी दीक्षित






ActPro Nepal

|

१८ माघ, २०८०

|
271

काठमाडौं । सूचना प्रविधिसम्बन्धी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन्।

मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्।

काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका कलेजले जनाएकाे छ।

एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनले मलेसियामा फाईभ स्टार र्‍याङक प्राप्त गर्न पनि सफल भएको र सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय मलेसियामा फाईभ स्टार र्याङ्क प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालय मध्ये १६ औँ स्थानमा पर्न सफल भएको कलेजले जनाएको छ।

लर्डबुद्ध एजुकेशन फाउन्डेसनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यवहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.