add

तालिम नलिए अध्यापन अनुमति स्वतः रद्द गर्ने






ActPro Nepal

|

१३ चैत, २०७९

|
326

काठमाडौं । शिक्षक सेवा आयोगले सशर्त लिइएका अध्यापन अनुमति पत्र (लाइसेन्स) तोकिएको समयमा तालिम नलिए स्वतः रद्द गर्ने भएको छ । 

आयोगले तत्कालीन समयमा उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि सशर्त लाइसेन्स दिएको थियो । उक्त लाइसेन्स अद्यावधिक गर्न २०८१ चैत्र मसान्त सम्म तालिम लिइसक्नुपर्ने आयोगले जनाएको छ ।  

नेपाली र सामाजिक विषयका अध्यापन अनुमतिपत्रका लाग अनिर्वाय तालिम लिनुपर्नेछ । उक्त तालिम तोकिएको समयावधिभित्र नलिएको खण्डमा त्यस्ता लाइसेन्स स्वतः खारेज गर्ने आयोले निर्णय गरेको हो ।   

तत्कालीन समयमा माध्यमिक तहको विषयगत अध्यापन अनुमतिपत्रको परीक्षामा सफल भएका उम्मेदवारलाई २०८१ चैत्र मसान्त सम्म तालिम पूरा गर्ने शर्तमा सातवटै प्रदेशका शिक्षा विकास निर्देशनालयबाट लाइसेन्स वितरण गरिएको थियो । उनीहरुलाई तोकिएको समयभित्र तालिम लिन भनेको हो ।

तत्कालीन समयमा ०७६–७७ सालमा प्रकाशित विज्ञापन नम्बर ३५–०७६ अनुसार उत्तीर्ण उम्मेदवारलाई लाइसेन्स प्रदान गरिएको थियो।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.