भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  संसदीय समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिसहित गराउन सरकारलाई निर्देशन दिएको छ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो ।

शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिइन् । विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने उनको तर्क थियो ।

कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।