add

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा






ActPro Nepal

|

२३ साउन, २०७८

|
596

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो ।  कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो ।

गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

केहीबेरमै नतिजा बोर्डको वेबसाइट  www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ । यस्तै एसएमएसबाट पनि नतिजा हेर्न सकिनेछ ।

एसईईको नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ ।

त्यसैगरी नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.