आजबाट देशैभरिका विद्यालय सञ्चालन हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । आजदेखि देशैभरिका विद्यालय पूर्ववत्रुपमा सञ्चालन हुने भएका छन्। वातावरण प्रदूषण कम हुँदै गएकाले आजदेखि विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन्।

वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि देशैभरिका विद्यालय चार दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो। वायु प्रदूषणले विद्यार्थीमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्न निर्देशन दिएको थियो।

सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपनि उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय बन्द नभइ नियमित सञ्चालन भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।