add

प्राविधिक शिक्षाको नाममा करोडौँ घोटाला






ActPro Nepal

|

२९ माघ, २०७७

|
1549

काठमाडौं । प्रदेश २ मा प्राविधिक शिक्षाको नाममा सामाजिक विकास मन्त्रालयद्वारा करोडौँ रकम घोटाला गरेको छ । कुनै पनि कार्यक्रम सञ्चालन गरिँदा त्यसको सार्वजनिक सूचना वा आवेदन आह्वान गर्नुपर्ने हुन्छ । तर, प्राविधिक शिक्षा सञ्चालनका लागि भन्दै सामाजिक विकास मन्त्रालयद्वारा सोझै प्रदेशका आठ जिल्लाका ६४ विद्यालयलाई छनौट गरी रकम बाँडिएको छ ।

प्रतिविद्यालय २५ लाख रुपैयाँका दरले १६ करोड रुपैयाँ विभिन्न शीर्षकमा भुक्तानीसमेत गरियो । तर, भुक्तानी गरिएको रकम उल्लेखित भएको शीर्षकमा खर्च भए नभएको अनुगमन समेत नगरी विद्यालयबाट कमिसन पाएकै आधारमा निकासा गरिएको कर्मचारी बताउँछन् ।

सीप विकास तथा जनचेतना तालिममा १८ महिने वा सोभन्दा बढीको टीएसएलसी प्रोगामअन्तरगत कम्युटर, कृषि, पशु, स्वास्थ्य लगायत अध्ययन गराउने प्राविधिक विद्यालयले अनुदान पाउनुपर्ने हो । तर, प्राविधिक शिक्षा अध्यापनको स्वीकृतिसमेत प्राप्त नगरेका विद्यालयलाई मनमौजी रकम बाँडिएको सम्बन्धित कर्मचारीले नै जानकारी गराएका छन् ।आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.