add

त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति






ActPro Nepal

|

२६ पुष, २०७७

|
1083

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक संघबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ।

विश्वविद्यालय र संघबीच शुक्रबार राति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह (करार)मा नियुक्ति दिने सहमति भएको  छ। 

यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाटे पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन्। संघका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ। 

सहमतिमा विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक सहप्रा। विष्णुप्रसाद खनाल र संघका तर्फबाट मोहनप्रसाद घिमिरेलगायतको हस्ताक्षर रहेको छ। हाल त्रिविमा करीव दुई हजार आंशिक प्राध्यापक छन्।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.