add

दशैँमा शिक्षक–विद्यार्थीलाई ‘कोरोना–चेतना’को जिम्मेवारी






ActPro Nepal

|

३ कार्तिक, २०७७

|
1001


काठमाडौं ।  घर–समुदायमा कोरोना भाइरस र स्वास्थ्य–सुरक्षाबारे जनचेतना फैलाउनुपर्ने सर्तसहित काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले शिक्षक–विद्यार्थीलाई दशैँ बिदा दिएको छ । नगरले गत बिहीबार उक्त सर्तसहित कात्तिक २ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको थियो ।
 
दशैँमा समुदायमा धेरै व्यक्तिको आउजाउ हुने भएकाले स्वास्थ्य सुरक्षाबारे जनचेतना फैलाउन सहज हुने ठानेर विद्यार्थी–शिक्षकलाई निर्देशन दिइएको नगरप्रमुख महेश खरेलले बताए ।

“दशैँका अवसरमा १५ दिनको बिदामा शिक्षक–विद्यार्थीले आफ्नो घर तथा व्यक्तिगत सरसफाइ, समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम र समूहमा भेटघाट नगर्ने वातावरण बनाउन सहजीकरण गर्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

उक्त अवधिमा विद्यार्थीले कोरोनाबाट बच्नका लागि खोल्नुपर्ने भूमिकाबारे सचेत गराउनेछन् भने शिक्षकले विद्यार्थीको निगरानी गर्ने नगर शिक्षा शाखाले जनाएको छ । शाखाप्रमुख दीनानाथ पन्थीले दिन प्रतिदिन कोरोना भाइरस सङ्क्रमण बढ्दै गएकाले दशैँको बिदा अवधिमा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी–शिक्षकले आफ्नो घर र समुदायमा जनचेतना फैलाउन निर्देशन दिइएको बताए ।
 
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गत वैशाखदेखि बन्द विद्यालयमा नगरले नै शिक्षक–विद्यार्थीलाई स्वास्थ्य सामग्री उपलब्ध गराई असोज ४ गतेदेखि स्वास्थ्य–सुरक्षा अपनाई प्रत्यक्ष विधिबाट विद्यालय सञ्चालनमा ल्याइएको थियो । नगरमा ५० सामुदायिक र निजी विद्यालय छन् । -रासस


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.