add

त्रिविका स्थगित परीक्षा मंसिर तेस्रो सातापछि हुने






ActPro Nepal

|

२६ असोज, २०७७

|
989

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्थगित स्नातक तथा स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि हुने भएको छ ।

विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयले एक सूचना जारी गर्दै सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा मङ्सिर तेस्रो सातापछि सञ्चालन हुने जनाएको हो ।

परीक्षा तालिका सम्बन्धी विवरण पछि सार्वजनिक गरिने त्रिविले जनाएको छ । असोज ६ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यसम्वन्धी मापदण्ड पालना गरी सबै तह र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा त्रिविले परीक्षा तयारी थालेको हो ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.