add

माध्यमिक शिक्षा परिक्षा एसईईमा नुवाकोटवाट ४ हजार ३ सय ६ जना विद्यार्थी सहभागी हुदै ।






ActPro Nepal

|

२९ फागुन, २०७६

|
1090

नुवाकोट ।  माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को तयारी नुवाकोटमा अन्तिम चरणमा पुगेको छ । 

नुवाकोट सहित देश भर आउदो चैत्र ६ गते विहिवार परिक्षा संचालन हुदै छ । एसएलसी परीक्षा हटाउने निर्णाय सरकारले २०७२ सालवाट गरेपछि माध्यमिक तहको परिक्षा हुन लागेको हो । शिक्षा विकास तथा समन्व्य ईकाइ नुवाकोटका  एसएलसी हटेपनि परीक्षा लिने प्रणाली र केन्द्राध्यक्षको सुविधा लगायतको सबै कुरा पुरानै संरचना अनुसार संचालन भएको र सोहि अनुसार अहिले काम अघि वढेको जनाएका छन् । २०७२ देखि अक्षराङ्कन पद्धतिमा सञ्चालन परिक्षा हुँदै आएको छ । 

नुवाकोटमा यस वर्ष ४ हजार ३ सय ६ जना परिक्षार्थी सहभागी हुने भएका छन् । नियमित तर्फ ४ हजार १ सय ६५ र ग्रेड वृद्धि तर्फ ८५ जनाले परीक्षा दिने शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटले जनाएको  छ ।

प्राबिधिक तर्फका ५६ जना परिक्षार्थीले च्वाडी पब्लिक मावि माझिटारबाट परिक्षा दिनेछन् । नुवाकोट जिल्लाका २४ परीक्षाकेन्द्रमा सञ्चालन हुने परीक्षामा प्रश्नपत्र, उत्तरपुस्तिका लगायत अन्य सामग्री पठाउने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।

एसईई परिक्षामा सबै भन्दा बढी भबानी मावि रानीपौवा केन्द्रबाट २ सय ३१ जना र सबै भन्दा कम बागेश्वरी मावि परिक्षा केन्द्रमा ८८ जना परिक्षार्थी रहेका छन् । परिक्षा केन्द्रहरु मध्ये दुई वटा निजी विद्यालय र २२ वटा सामुदायिक विद्यालयहरु छन् भने सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष्को जिम्मेवारी दिइएको छ ।

चैत ६ गते देखि १७ गते सम्म संचालन हुने एसइइको परिक्षा बिहान ८ बजेदेखी ११ बजेसम्म हुने र प्राविधिक धारको भने शनिबार समेत परिक्षा सञ्चालन हुने छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.