काठमाडौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सूचना प्रकाशित गरेको छ ।
मन्त्रालयले मन्त्रिपरिषदको निर्णय अनुसार पुनः वितरित शिक्षक दरबन्दी अनुसार स्थानीय तह, जिल्ला तह र प्रदेश तहमा पुलमा रहने शिक्षक दरबन्दीको विवरण यस केन्द्रको वेबसाइट मार्फत जानकारी गराइसकेकोले उक्त विवरण अनुसार स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई दरबन्दी मिलानको कार्य गरी जानकारी गराउन यो सूचना प्रकाशित गरिएको हो ।
शिक्षक दरबन्दी मिलानका सम्बन्धमा गर्नुपर्ने कार्यहरु समेत समावेश भएको कार्यविधिको दफा १४ अनुसार निर्धारित अवधि (२०७६ फागुन मसान्त) भित्र स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइले आफ्नो कार्यक्षेत्रभित्र दरबन्दी मिलानको कार्य सम्पन्न गरी यस केन्द्रलाई जानकारी गराउनुहुन सूचनामा जनाइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।