सरकार विरुद्ध प्रर्दशनको लागि कांग्रेसको तयारी पूरा, १० बुँदे नारा सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते सरकार विरोधी प्रदर्शनको तयारी गरेको छ ।

देशव्यापी रुपमा गर्ने भनेको आन्दोलनका लागि कांग्रेसले नारा तय गरेको छ । पार्टी कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको हो । कांग्रेसले ७७ वटै जिल्लामा एकैसाथ प्रदर्शन गर्ने जनाएको छ ।

प्रर्दशनका दिन सभापति शेरबहादुर देउवाले मकवानपुरमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने छन् । उपसभापति विमलेन्द्र निधिले भक्तपुर र महामन्त्री शशांक कोइरालाले विराटनगरमा सम्बोधन गर्ने कांग्रेसले जनाएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, चित्रलेखा यादवले सप्तरी, रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले पोखरा र एनपी साउदले अछाममा सम्बोधन गर्ने भएका छन् ।

यसैगरि कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरमा, सहमहामन्त्री प्रकाशशरण महतले झापा, गोपालमान श्रेष्ठले काभ्रेमा, प्रकाशमान सिंह धनुषा, गगन थापा कैलाली र प्रदीप पौडेलले कञ्चनपुरमा सम्बोधन गर्ने बताइएको छ ।

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।