काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दुवै अध्यक्षका राजनीतिक प्रतिवेदनलाई स्थायी कमिटीको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटिमा पुगेको हो ।
आजको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सबै सचिवालय सदस्य सहभागी थिए।
‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’‘
उनले पार्टीको समस्याका विषयमा शनिबार छलफल भए पनि निष्कर्ष निस्किन सम्भव नभएको बताए। पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ ।
‘आजको सचिवालय बैठकले भोलीको स्थायी समिति बैठकलाई निश्चित गर्दै पार्टीको संकट र निवारण गर्नेबारे आएका सबै प्रस्ताव त्यहिँ नै पेस र छलफल गर्ने निर्णय गरेको छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
Comment