काठमाडौं । दक्षिण भारतीय सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘जेलर–२’ सर्वाधिक कमाइ गर्ने तमिल फिल्म बनेको छ। प्रदर्शनमा आएको ११ दिनमै फिल्मले विश्वभरबाट ७१० करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले आइतबारसम्म विश्वव्यापी रूपमा ७१० करोड भारु कमाइ गरेको छ। यससँगै रजनीकान्त र अक्षय कुमार अभिनीत फिल्म ‘२.०’ को रेकर्ड तोडिएको छ। सन् २०१८ मा प्रदर्शनमा आएको ‘२.०’ ले विश्वभरबाट ६९१ करोड भारु कमाउँदै सर्वाधिक कमाइ गर्ने तमिल फिल्मको कीर्तिमान बनाएको थियो।
‘जेलर–२’ ले भारतमा मात्रै ४६६.८५ करोड भारु ग्रस कलेक्सन गरेको जनाइएको छ। फिल्मको विश्वव्यापी कमाइले दक्षिण भारतीय सिनेमाको बजारमा रजनीकान्तको लोकप्रियता र प्रभावलाई पुनः पुष्टि गरेको छ।
नेल्सन दिलीपकुमारको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा रजनीकान्तसँगै मोहनलाल, शिवराजकुमार, मिथुन चक्रवर्ती, एसजे सूर्याह र विद्या बालनलगायत कलाकारको अभिनय रहेको छ।
यसअघि सन् २०२३ मा प्रदर्शनमा आएको ‘जेलर’ ले पनि बक्स अफिसमा राम्रो सफलता हासिल गरेको थियो। त्यसैको सफलतापछि आएको ‘जेलर–२’ ले कमाइको नयाँ कीर्तिमान कायम गरेको हो।




Comment