माछापुच्छ्रे बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीले पाए ६% लाभांश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । माछापुच्छ्रे बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले संस्थापक सेयरधनीहरूको तर्फबाट रोशन केसी, मुकुन्द महत तथा कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी, सर्वसाधारण सेयरधनीको तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरिएको बैंकले जनाएको छ ।

साथै, त्यसपश्चात बसेको बैंक सञ्चालक समितिको बैंठकले बैंक सञ्चालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन केसीलाई पुन: नियुक्ति गर्ने निर्णय गरेको छ ।

यसका साथै, बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्तापूँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर गरी जम्मा ६ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस सेयर वितरणपश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयरसहित बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।