मञ्जुश्री फाइनान्सको १० करोडको संस्थापक सेयर बिक्रीमा, यसरी दिनुहोस् आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको ८ लाख ३९ हजार ५८३ कित्ता सेयर शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले उक्त सेयर खरिदका लागि योग्य व्यक्ति तथा संगठित संस्थाहरूबाट आवेदन आह्वान गरेको हो।

कम्पनीले प्रत्येक कित्ता सेयरको न्यूनतम बिक्री मूल्य १२० रुपैयाँ तोकेको छ। यस आधारमा बिक्रीमा राखिएको सेयरको कुल न्यूनतम मूल्य करिब १० करोड ७ लाख ४९ हजार ९६० रुपैयाँ पुग्नेछ।

कम्पनीद्वारा जारी सूचनाअनुसार इच्छुक व्यक्ति तथा संस्थाले साउन १८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। आवेदन कम्तीमा ५० हजार कित्ताका लागि दिनुपर्ने व्यवस्था गरिएको छ। त्यसभन्दा माथि १० ले भाग जाने संख्यामा वा उपलब्ध सम्पूर्ण सेयरसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

सेयर बिक्री व्यवस्थापनको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडलाई दिइएको छ। बोलपत्र फाराम १०० रुपैयाँ शुल्क तिरेर एनआइएमबि एस क्यापिटलबाट प्राप्त गर्न सकिनेछ।

आवेदकले आफूले खरिद गर्न चाहेको सेयरको कुल मूल्यको कम्तीमा ५ प्रतिशत बराबरको धरौटी रकम जम्मा गरेको प्रमाण आवेदनसँग अनिवार्य रूपमा पेश गर्नुपर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्राप्त शिलबन्दी बोलपत्रहरू साउन १९ गते दिउँसो ३ बजे खोलिनेछन्। बिक्रीका लागि उपलब्ध सेयरभन्दा बढी माग परेमा प्राप्त आवेदनका आधारमा समानुपातिक प्रणाली (प्रो–राटा) अनुसार सेयर बाँडफाँड गरिने व्यवस्था गरिएको छ।

मञ्जुश्री फाइनान्सको उक्त सेयर बिक्रीले संस्थापक लगानीकर्ताहरूलाई कम्पनीमा लगानी विस्तार गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।