काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा १३.९५ अंकको गिरावट आएको थियो । त्यसअघिका छ कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।
आज नेप्सेमा कुल ४ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार भने नेप्सेमा कुल ५ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

Comment