पेट्रोलको मूल्य २०, डिजेलको ३० र ग्यासको १०० रूपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमन भारी गिरावट आएको छ । आजै मध्यराति देखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रूपैयाँ, डिजेल र मट्टीतेलको ३० रूपैयाँ र ग्यासको मूल्य प्रति सिलिन्डर १०० रूपैयाँले घटाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि भाउ घटेको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर १९७ रूपैयाँ, डिजेल र मट्टीतेलको १९५ रूपैयाँ तथा ग्यासको मूल्य प्रतिसिलिन्डर २१६० रूपैयाँ पर्नेछ ।

यसैगरी हवाई ईन्धनको मूल्य पनि भारी दरले घटाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।