फिफाको निलम्बनमा पर्‍यो एन्फा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ ।

तेस्रो पक्षको हस्तक्षेपसँग जोडिएको घटनालाई कारण देखाउँदै फिफाले एन्फालाई निलम्बन गरेको हो ।

फिफाले फिफा विधानको धारा १४ को परिच्छेद १(आई) र ३ बमोजिम, तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानहरूको गम्भीर उल्लंघनका कारण एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच निर्वाचन तथा संघको सञ्चालनसम्बन्धी विषयमा विवाद चर्किएको थियो। फिफा र एएफसीले नेपाललाई एन्फाको कामकारबाहीमा हस्तक्षेप फिर्ता लिन चेतावनी दिँदै अन्यथा निलम्बन हुन सक्ने बताएका थिए।

निलम्बनसँगै नेपाली राष्ट्रिय टोली, क्लब तथा फुटबल पदाधिकारीहरू फिफा र एएफसीअन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता तथा गतिविधिमा सहभागी हुन नपाउने अवस्था सिर्जना भएको छ। यस्तो निलम्बन तेस्रो पक्षको हस्तक्षेप अन्त्य भई फिफाका सर्तहरू पूरा भएपछि मात्र फुकुवा हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।