काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियामाथि ४–० को शानदार जित हासिल गरेको छ।
मोन्टेरी स्टेडियममा सम्पन्न खेलमा जापानले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै ट्युनिसियालाई दबाबमा राखेको थियो। खेलको चौथो मिनेटमै दाइची कामादाले गोल गर्दै जापानलाई अग्रता दिलाए। उक्त गोल जापानको विश्वकप इतिहासकै सबैभन्दा छिटो गोलका रूपमा समेत दर्ज भएको छ।
सुरुवाती अग्रतालाई निरन्तरता दिएको जापानका लागि एस उदाले ३१औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। दोस्रो हाफमा पनि जापानको दबाब जारी रहँदा जुन्या इटोले ६९औँ मिनेटमा तेस्रो गोल गरे।
खेलको ८३औँ मिनेटमा एस उदाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जापानको ४–० को प्रभावशाली जित सुनिश्चित गरे।
यस जितसँगै जापानले समूह एफमा पहिलो जित दर्ता गर्दै नकआउट चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। दुई खेलबाट जापानको ४ अंक पुगेको छ, जुन नेदरल्यान्ड्सको बराबरी हो।

Comment