जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन्।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन गरेको छ।

यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ सङ्कलन गरेको छ।

विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले ३४ करोड ४४ हजार, टोखाले १० करोड ९९ लाख २३ हजार, चाबहिलले ३१ करोड ४२ लाख १९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ।  

विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबरको राजस्व सङ्कलन गरेका थिए।

यस्तै,  गत चैतमा कुल छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व सङ्कलन गरेका थिए। त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ र गत माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार ५३६ बराबरको राजस्व सङ्कलन भएको थियो।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।