काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन् ।
कुल विनियोजित बजेटमध्ये चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार अर्थात् कुल विनियोजित बजेटको ३४.३१ प्रतिशत र पुँजीगत खर्चतर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार अर्थात् विनियोजत बजेटको ६५.६९ प्रतिशत छुट्याइएको मन्त्री तामाङले जानकारी दिए ।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने स्रोतका लागि कर राजस्वबाट २० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ७९ लाख १२ हजार रुपैयाँ, संघीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख र विभिन्न सञ्चित कोषबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार र अन्य संस्थाबाट ऋण लगानी फिर्ताबाट ९६ करोड फिर्ता हुने प्रदेश सरकारले अनुमान गरेको छ ।

Comment