नेपाली बिमा कम्पनीको कम्तीमा २० प्रतिशत पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीबाट गराउनुपर्ने व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाली बिमा कम्पनीबाट जारी हुने बिमांकको कम्तिमा २० प्रतिशत पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनी बाट गराउने व्यवस्था गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले स्वदेशी पुनर्बिमा क्षेत्रलाई सुदृढ बनाउने तथा बिमा क्षेत्रबाट बाहिरिने विदेशी मुद्रा नियन्त्रण गर्ने उद्देश्यले उक्त व्यवस्था लागू गरिने जानकारी दिए ।

सरकारले यस कदमबाट नेपाल पुनर्बिमा कम्पनीको क्षमता विस्तार हुनुका साथै स्वदेशी बिमा तथा पुनर्बिमा क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।