काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब २० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।
सरकारले ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, दलित बालबालिका तथा अन्य लक्षित समुदायका सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिन उक्त बजेट विनियोजन गरिएको जनाएको छ ।
अर्थमन्त्री वाग्लेले सामाजिक सुरक्षामार्फत नागरिकको जीवनस्तर सुधार, सामाजिक संरक्षण सुदृढीकरण तथा समावेशी विकासलाई प्राथमिकतामा राखिएको बताए ।

Comment