काठमाडौं । सरकारले देशभरका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले वृद्धि गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हाल मासिक ५ सय रुपैयाँ रहेको पोषण भत्ता बढाएर मासिक १ हजार रुपैयाँ पुर्याइएको जानकारी दिए ।
उनले अन्य २५ जिल्लाका विद्यार्थीलाई उपलब्ध गराइँदै आएको पोषण भत्ता कार्यक्रम भने यथावत् राखिएको बताए ।
सरकारले बालबालिकाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको जनाएको छ ।

Comment