काठमाडौं । सरकारले टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अघि बढाइने बताएका हुन् ।
टोखा–छहरे सुरुङमार्ग निर्माण भएमा यात्राको समय छोटिने तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Comment